‘बालापनको उमेर–२’मा प्रियंका र सरोजकी छोरीको डेब्यु

काठमाडौं । ‘बालापनको उमेर–२’ गीत सार्वजनिक भएको छ । गीतमा सुरक्षा बाठा मगरको स्वर छ । वसन्त सापकोटाको शब्द तथा संगीत छ ।
यो गीत ‘बालापनको उमेर’को दोस्रो ‘भर्सन’ हो । ‘बालापनको उमेर’मा समीक्षा अधिकारीले स्वर थियो ।
‘बालापनको उमेर–२’मा आन्भी ओली, आयंका कार्की र प्रियंका कार्की फिचर्ड छन् । आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । यो उनको पहिलो म्युजिक भिडियो हो ।
आयंका प्रियंकाकी छोरी हुन् । उनको पनि यो पहिलो म्युजिक भिडियो हो ।
मौसम हिमाली निर्देशन गरेका छन् । कोरियोग्राफी पनि मौसमकै हो । नवराज उप्रेती र सुनील भण्डारीले खिचेको भिडियो भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन गरेका छन् ।