एकै दिन हलमा तीनवटा नेपाली चलचित्र, ‘लाज शरणम्’का बिहानकै शो हाउसफुल

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ एकै दिन रिलिज भएका हुन् ।
‘लाज शरणम्’लाई कुमार कट्टेल, ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जन र ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।
‘लाज शरणम्’मा सिताराम कट्टेल, विजय बराललगायत कलाकारको अभिनय छ । ‘मायावी’मा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् । ‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् ।
सबैभन्दा धेरै शो ‘लाज शरणम्’ले पाएको छ । दोस्रोमा ‘फेरि रेशम फिलिली’ र तेस्रोमा ‘मायावी’ले शो पाएका छन् ।
तीनवटै चलचित्रको अग्रिम टिकटक बुकिङ सोमबार खुलेको थियो । अग्रिम टिकक बुकिङमा पनि ‘लाज शरणम्’ निकै अगाडि छ । यसको आक्रामक बुकिङ देखिएको छ । कतिपय हलमा बिहानकै शो हाउसफुल भइसकेका छन् ।
दिउँसो र साँझका शो पनि हाउसफुल भइसकेका छन् । हाउसफुल नभएका शो मा पनि अकुपेन्सी उच्च देखिएको छ ।
‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो ।
‘लाज शरणम्’मा सिताराम कट्टेलसँगै विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।