‘लाज शरणम्’काे पहिलो दिनकाे कमाइ एक करोड १० लाख

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले सुखद ओपनिङ सुरु गरेको छ । बुधबार रिलिज भएको चलचित्र ‘लाज शरणम्’ले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । कुमार कट्टेलले निर्देशन गरेका छन् ।
जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको थियो । हाइप राम्रो हाइप बनाएको चलचित्रले सोही अनुसारको कलेक्सन गरेको हो ।
पोस्टर र टिजरबाट राम्रो हाइप बनाएको चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ ।