हलमा विस्तारै दर्शकको चाप बढ्ने ‘फेरि रेशम फिलिली’ टिमको अपेक्षा

काठमाडौं ।  महाशिवरात्रिको अबसर पारेर १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाएको छ ।

प्रदर्शनको पहिलो दिन राम्रो अकुपेन्सी मिलेको हुनाले सिनेमाका कलाकार विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकहरु चलचित्रका कलाकार देख्दा सेल्फी खिच्छनुका साथै गीत ‘फेरि जालमा’ मा नृत्य समेत गरेका थिए ।

दर्शक प्रतिक्रिया पश्चात मिडियासंग कुरा गर्दै चलचित्र निर्देशक निरोज महर्जनले सिनेमालाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका सभै राम्रो साथ पाइरहेको बताए।

चलचित्रका मुख्य अभिनेता विनय श्रेष्ठले सिनेमा दर्शकलाई फिलिली बनाएको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोली शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास रहेको र विकेन्डमा सिनेमाले दर्शकको फिलिली हुने गरी साथ पाउने दाबी उनको छ ।

अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो चलचित्रमा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, पटकथा निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ् योगीको द्वन्द्व निर्देशन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।