ट्रेलरले हेर्न लोभ्याएको सिनेमा

काठमाडौं । चलचित्र ‘आउट ल दफा : २१९’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन सिनले भरिएको छ । दुई नम्बरी धन्दामा दुई पक्षबीचको द्वन्द्व ट्रेलरमा छ ।
प्रोडक्सन भ्यालु रिच रहेको ट्रेलरमा सुनको तस्करीमा व्यापारीदेखि मन्त्रीसम्मको सेटिङ देखिएको छ । सरकारका मन्त्रीकै सेटिङमा सुन तस्करी हुने गरेको र यसमा प्रहरी प्रशासन कसरी संलग्न छ भन्ने ट्रेलरमा देखाएइको छ ।
सेनाको हेलिकप्टर प्रयोग भएको छ । होटेल र बजारमका अन्य सिनले भरिएको ट्रेलरले सिनेमाले मेकिङमा मन खोलेर खर्च गरेको देखिन्छ ।
राजनीतिक ‘सेटिङ’मा भइरहेको सुन तस्करी ट्रेलरमा देखिनुले समसामयिक विकृत राजनीतिको पर्दाफास सिनेमामा रहेको बुझ्न सकिन्छ ।
एक्सन सिन र डाइलगमा मिहिनेत देखिन्छ । केही डाइलग नोटिस हुने खालका छन् ।
– यहाँ व्वासोहरू झुण्डमा हिँडेर आफूलाई बाघ ठान्छन् । तर, व्वासोलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।
– हिजोसम्म स्यालको सरकार देखेको थिइस्, आज बाघको सरकार देखिस् ।
यी संवादले ट्रेलरलाई उकास्ने काम गरेका छन् । डाइलग डेलिभरी र बीजीएममा भने अझै काम गर्न सकिने ठाउँ छ ।
एक्सन सिनेमा रुचाउनेका लागि ट्रेलरले आकर्षित गरेको छ । एक्सन सिनेमाको सूचीमा यो चलचित्र थपिने देखिन्छ । अभिनेता सुशील श्रेष्ठलाई एक्सन स्टारको रूपमा प्रस्तुत गरिएको सिनेमामा उनको काम पनि तारिफयोग्य छ ।
अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
सिनेमामा विक्की महर्जन र दिर्घ धामीको पटकथा, नवीन गुरुङको डीओपी छ ।
सिनेमामा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ । सिनेमाको ट्रेलर हेर्दा मेकिङ, कथावस्तु र एक्सन गज्जब देखिएको छ ।
बिक्की महर्जनको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् ।
अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् ।
नवीन गुरुङको डीओपी छ । चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
सिनेमामा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठीलगायतको अभिनय छ ।
‘आउट ल दफा : २१९’ फागुन २९ गते रिलिज हुँदै छ ।