ओस्कारमा ‘अनोरा’ले जित्यो उत्कृष्ट चलचित्रसहित पाँच अवार्ड

काठमाडौं । ९७औं ‘ओस्कार अवार्ड’मा ‘अनोरा’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको संसारकै सबैभन्दा प्रतिष्ठित मानिएको ‘ओस्कार अवार्ड’मा एक यौनकर्मीको कथामा आधारित ‘अनोरा’ले अन्य चलचित्रलाई पछि पार्दै पाँच विधामा अवार्ड पाएको छ ।
डार्क कमेडी यो सिनेमाका लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन् । यस पटक ओस्कारमा यस चलचित्र ‘अनोरा’ले कुल पाँच अवार्ड जितेको छ । जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन् ।
त्यस्तै ‘द ब्रुटालिस्ट’ का लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने ‘अनोरा’ का लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै चलचित्र ‘एमिलिया पेरेज’ का लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।
त्यस्तै ‘ब्राजिलियन चलचित्र ‘आइ एम स्टिल हियर’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने चलचित्र ‘द ब्रुटालिस्ट’ ले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ ।
त्यसैगरी ‘आइ एम नट अ रोबोट’ डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने ‘एल माल’ ले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै चलचित्र ‘विक्ड’ ले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म ‘अनोरा’ ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ ।

लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो ।
कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो । केही दिन अघि मात्र ह्याकम्यानको मृत्यु भएको थियो ।
यस वर्ष डेडपूल र वोल्भरिन बीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित गर्यो । चलचित्र इनसाइड आउट २ ले बक्स अफिसको रेकर्ड तोड्यो भने, जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन । यस बर्ष नेटफ्लिक्सको ‘एमिलिया पेरेज’ ले सबैभन्दा धेरै मनोनयन पाएको थियो ।
क-कसले जिते ओस्कार अवार्ड ?
चलचित्र : अनोरा
निर्देशक : सिन बेकर (अनोरा)
अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री : मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
सम्पादन : सिन बेकर (अनोरा)
छायांकन : लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
मौलिक पटकथा : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन : विक्ड
ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड
बेस्ट सपोर्टिङ एक्ट्रेस : जोई सल्दाना (एमिलिया पेरेज)
भिजुअल इफेक्ट : ड्युन पार्ट २
साउण्ड : ड्युन पार्ट २
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
यस्तो छ अन्य अवार्ड विजेताको सूची: