अपहरणको कथा भन्दै ‘राजागंज’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
मधेस आन्दोलनको सेटअपमा रहेको ट्रेलरमा अपहरण र त्यसलाई छुटाउन गरिएको संघर्ष देखिन्छ ।
अपहरणमा परेका सभासद र स्कुलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीको अप्रेसनलाई ट्रेलरमा देखिन्छ ।
आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र एसपी अभिनेता दयाहाङ राईबीचको टसल पनि ट्रेलरमा देखिन्छ ।
निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित चलचित्रले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।
सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठूलो सिनेमा रहेको बताए । यसअघि आफूले ठूलो स्केलमा चलचित्र नबनाएको बताए ।
एक हजारभन्दा बढी मानिस संलग्न भएर चलचित्र बनाएको उनले बताए ।
सन् २०१५ को समयको कथा भनेको भन्दै उनले रौनियारले अन्तर्राष्ट्रिय महोत्सवहरुमा सिनेमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास व्यक्त गरे ।
यो चलचित्र चैत १ गतेबाट प्रदर्शन आउनेछ । चलचित्रमा आशा र दयाहाङसँगै विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।