‘हरिबहादुरको जुत्ता’को २९ दिनमा इन्डक्ल्याप

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । २९ दिनमा चलचित्रको छायांकन सकिएको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् ।
सरोज ओली र मोहित आचार्य निर्माता रहेको चलचित्रमा हरिवंशसागै प्रकाश सपूत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपानेलगायत कलाकारको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र फूलपातीमा रिलिज हुनेछ ।