चलचित्र ‘मुगलान’को मुहूर्त, कोको छन् कलाकार ?

काठमाडौं । चलचित्र ‘मुगलान’को मुहूर्त गरिएको छ । भैरव मन्दिर, ज्ञानेश्वर मुहूर्त गरिएको हो ।
चलचित्रको लेखन, गीत तथा निर्देशन आशिष ढकालले गर्नेछन् । द्वन्द्व निर्देशन राम गुरु, छायांकन अजय रेग्मी र संगीत किरण भुषाल तथा हरि गिरीको रहनेछ ।
चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्टलगायत कलाकारहरूको अभिनय रहनेछ ।
यसअघि बनेको ‘मुगलान’ चलचित्रले समाजको यथार्थ चित्रण गरेको थियो । नयाँ ‘मुगलान’ले केही फरक र नयाँ कथा प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।