चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको तेस्रो हप्तामा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र आजबाट तेस्रो हप्तामा प्रवेश गरेको हो ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिनेमा हेरेर तारिफ गरका थिए । उनले सिताराम कट्टेलले गरेको रोलको तारिफ गरेका थिए ।

“हाम्रो चलचित्र सफलतासहित तेस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रमा दर्शकको संख्या उच्च छ ।”

‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।