फ्राइडे रिलिजमा ‘राजागंज’, आजबाट आयो प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘राजागंज’ आजबाट प्रदर्शनमा आएको छ । केन्द्रीय चलचित्र जाँचपास समिति ९सेन्सर बोर्ड०मा लफडा व्यहोरेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘राजागंज’ले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भनेको छ ।

मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा यो सिनेमाले देखाउँछ ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादवले अभिनय गरेका छन् । यस्तै आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा वितरण गरेका छन् ।

यो चलचित्र विश्वका ठूला फिल्म फेस्टिभलमा स्क्रिनिङ भएपछि नेपालमा रिलिज भएको हो ।