पाँच अर्बमा बन्ने चिनियाँ चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’मा को–को नेपाली कलाकार रहनेछन् ?

काठमाडौं । करिब पाँच अर्ब नेपाली रुपैयाँमा बन्न लागेको चिनियाँ चलचित्रमा नेपाली कलाकारले पनि अभिनय गर्ने भएका छन् ।
नेपालमामा ५० प्रतिशत छायांकन हुने चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’मा नेपाली कलाकारले पनि काम गर्ने भएका हुन् ।
यस चलचित्रमा नेपालका चलेका कलाकार पनि निर्माणपक्षले जनाएको छ । को को नेपाली कलाकार रहनेछन् त्यो भने हालसम्म निश्चित भइसकेको छैन । चिनिया कोर टिम रहेको र त्यसैले को को नेपाली कलाकार राख्ने निर्णय गर्ने बताइएको छ ।
केही कलाकारकारसँग कुरा भइरहेको छ । चलेकै कलाकारलाई अनुबन्ध गराउने प्रयास भइरहेको निर्माणपक्षले जनाएको छ ।
नेपालमा ५० प्रतिशत सुटिङ हुने चलचित्रको बाँकी छायांकन चीनमै हुनेछ ।
नेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने ‘लिभ फरेवर एन्ड नेभर डाई’मा नेपाल हेड प्रभाकर खड्काले जानकारी दिए ।
‘लिभ फरेवर एन्ड नेभर डाई’ चिनियाँ निर्देशक हेरीले गर्नेछन् ।
चलचित्रको बजेट २५० मिलियन आरएनबी अर्थात् करिब पाँच अर्ब नेपाली रुपैयाँ रहनेछ ।
केही दिन अगाडि सानो संख्यामा नेपाल आएको चलचित्र निर्माण टोलीले काठमाडौंमा होली पर्वको सिन खिचेको छ ।
‘लिभ फरेवर एन्ड नेभर डाई’मा बुद्ध धर्मसँग सम्बन्धित कल्चरसँगै नेपाली संस्कृति समेट्न लक्ष्य रहेको छ ।
अगस्टमा दुई सयजनाको टोली नेपालमा आएर करिब तीन हप्ता छायांकन गर्ने योजना रहेको बताइएको छ ।
‘लिभ फरेवर एन्ड नेभर डाई’ सन् २०२६ को चिनियाँ नयाँ वर्षमा रिलिज गर्ने निर्माणपक्षको योजना छ । नेपालमा पनि यो चलचित्र प्रदर्शन हुनेछ ।