दुर्गेशले सांगीतिक बजारमा ल्याउन ब्रान्डिङ गरिरहेको भनिएका सागर को हुन् ?

काठमाडौं । गायक दुर्गेश थापाले एक नयाँ व्यक्तिलाई नेपाली सांगीतिक क्षेत्रमा ल्याउँदै छन् । सागर थापा जसलाई दुर्गेश भाइ भन्छन्, उनलाई गायकका रुपमा सांगीतिक उद्योगमा ल्याउन लागेका हुन् ।
दुर्गेशले सागर थापालाई आफूले केही वर्षअगाडि स्टुडियोमा भेटेको बताएका छन् । सागरले आफूलाई गीत गाउने रहर रहेको बताएपछि उसको अभिभावकको काम आफूले गरिरहेको दुर्गेशले बताएका छन् ।
उनको स्वर राम्रो लागेपछि आफूले सहयोग गरिरहेको दुर्गेश बताउँछन् । चन्द्रौटाका सागर अहिले संगीत सिकिरहेको छन् । त्यसको खर्च पनि दुर्गेशले नै व्यहोरिरहेका छन् ।
सागरको स्वर राम्रो लागेपछि आफूले उसलाई सहयोग गरिरहेको उनले बताएका छन् ।
सागरको दाहिने हात छैन । उनलाई संगीतमा करियर खोज्ने रहर छ । “अहिले ऊ म सँगै बस्छ । म सँगै खाने, सुत्ने, हिँड्ने गर्छ । म जाने कार्यक्रममा जान्छ,” दुर्गेश भन्छन्, “उसको दाहिने हात छैन । तर, उसलाई दुई हात जोडेर दर्शकलाई नमस्कार गर्ने रहर छ । त्यसका लागि खर्च जुटाइरहेको छ ।”
दुर्गेशले आफूले एक्लैले हात हाल्ने सपना पूरा गरिदिन्छु भने पनि सागरले आफैले गर्ने बताएका छन् । यसका लागि पैसा जम्मा गरिरहेको उनको भनाइ छ ।
“म सँगै कार्यक्रममा हिँड्छ । कार्यक्रममा २०÷५० रुपैयाँ दर्शकले दिएको सहयोग रकम जम्मा गरेर साढे २ लाख रुपैयाँ भएको छ,” दुर्गेश भन्छन्, “३०÷३५ लाख लाग्छ । एआई टाइपको हात हाल्ने उसको रहर छ ।”
आफूसँग स्टेजमा हिँड्दा दर्शकले चिन्ने भएकाले त्यसका लागि पनि ऊ आफूसँगै हिँड्ने गरेको उनको भनाइ छ ।
दुईवटा हातले माइक समाएर गीत गाउने उसको चाहना रहेको र त्यो आफूले पूरा गरिदिने दुर्गेश बताउँछन् । सागरलाई आफूले ब्रान्डिङ गरिरहेको उनको भनाइ छ ।
ठूलो ब्याण्ड लिएर हिँड्ने सागरको चाहना रहेको र त्यो आफूले एरेन्ज गरिदिसकेको दुर्गेशको भनाइ छ ।