हरिवंशले गरे कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध

काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

आज बिहान फेसबुकमार्फत हरिवंशले कुलमानलाई हटाउने सरकारको निर्णय गतल भएको बताएका हुन् ।

“कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो,” उनले लेखेका छन् । उनले अब लोडसेडिङ हुनसक्नेतर्फ संकेत गर्दे अन्धकार बनाउन हुँदैन थियो भनेका छन् ।

घिसिङलाई हटाएसँगै अभिनेत्री स्वस्तिमा खड्का, गायक शिव परियार, कलाकार केदार घिमिरे (माग्ने बुढा) लगायत अन्य थुप्रै कलाकारहरूले पनि विरोध जनाएका छन् ।  

कुलमानलाई हटाउने सरकारको निर्णयको सरकारमा रहेको दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै विरोध गरिरहेका छन् ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।