‘सिकन्दर’ भयो पाइरेसी

काठमाडौं । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘सिकन्दर’को पाइरेसी भएको छ ।
सुरुमै चलचित्र पाइरेसी भएपछि यसमा निर्माता मारमा परेका छन् । भारतीय मिडियाहरूका अनुसार ६०० वटाभन्दा धेरै साइटबाट ‘सिकन्दर’ हटाउन लगाइएको छ ,
तर, अझै पनि पाइरेसी भएको यो सिनेमा धेरैले हेरिरहेका छन् । धेरै डिजिटल प्लेटफर्मममा ‘सिकन्दर’ रहेको छ । पाइरेसी भएर फैसिनेक्रम तीव्र गतिमा बढिरहेको छ । जसका कारण ‘सिकन्दर’ले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।
एआर मुरुगादास निर्देशित सिनेमामा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ । आजबाट रिलिज भएको ‘सिकन्दर’मा सलमान र रश्मिकाबाहेक काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय छ ।
सलमानले यो चलचित्रमा १०० देखि १२० करोडसम्म पारिश्रमिक लिएको चर्चा छ । तर, यो प्रोफिट सेयरिङ सम्झौता हो । चलचित्रले राम्रो कमायो भने उनले १२० करोड पाउने छन् होइन फ्ल्प भयो भने निश्चित पारिश्रमिक मात्रै प्राप्त गर्नेछन् ।