‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् ।
बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ ।
निर्देशक कृषा चौलागाईंले ट्रेलर रिलिज गरेसँगै दर्शकसँगै चलचित्र दर्शमा सर्मपण गरेको बताइन् । “ट्रेलर आएसँगै हामीले दर्शकमा चलचित्र समर्पण गरिसक्यौँ। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौँ,” उनले भनिन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।
नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।