‘पाटन फेस्ट’मा दुर्गेशसहित को-कसले दिदैछन् प्रस्तुति ?

काठमाडौं । ‘पाटन फेस्ट’मा चर्चित गायक दुर्गेश थापा विभिन्न ब्यान्डहरूले प्रस्तुति दिने भएका छन् ।

यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको आयोजनामा हुन लागेको ‘पाटन फेस्ट २०२५’मा गायक थापासहित विभिन्न ब्यान्डहरूले प्रस्तुति दिने भएका हुन् ।

शनिवार लललितपुरको च्यासलस्थित च्यासल खेल मैदानमा मध्यान्न १२ बजेबाट आयोजना हुने ‘पाटन फेस्ट’मा गायक दुर्गेश थापासहित विभिन्न ब्यान्डहरूले प्रस्तुति दिने भएका छन् ।

यो महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकको रहेको छ ।

यो महोत्सवमा युवापुस्ताका गायक थापाले दर्शक झुमाउनेछन् । उनी अतिथि गायकको रूपमा यो फेस्टमा दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् । साथमा, ‘जोन एण्ड द लोकल्स, पूर्ण राई दाजुभाइहरू, अल्बारोस, स्वार’ लगायतका ब्यान्डका कलाकारहरूले पनि दर्शक झुमाउनेछन् ।

दर्शकले यो महोत्सवमा सहभागी हुनका लागि खल्ती एपबाट टिकट काट्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ९ सय, बाह्र सय, र दुई हजारसम्मका टिकट काट्न सक्नेछन् ।

कार्यक्रममा सुविधा सम्पन्न खानेकुराका लागि २० वटा स्टल राख्ने तयारी आयोजकको छ । आयोजकले कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउन्ड सिस्टमबाट संगीतको मज्जा लिने विश्वास लिएको छ ।

यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई समेत प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।