विपिन भर्सेज प्रदीप, दया र सौगात, कसले मार्ला बाजी?

काठमाडौं । चैत २९ गते एउटै जनराका दुई नेपाली चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ रिलिज हुँदैछन् । दुवै चलचित्रको जनारा एक्सन हो ।

‘कर्मा’का निर्देशक सौरभ चौधरी हुन् भने ‘पिताम्बर’को निर्देशक कृषा चौलागाईं हुन् ।

‘कर्मा’ र ‘पिताम्बर’ एकै दिन आउँदा कुन चलचित्रले दर्शक खिच्ला? यतिबेला नेपाली रजतपटमा यो एउटा स्वभाविक चासोको विषय बनेको छ ।

दुई सिनेमामध्ये विपिन कार्की एक्लैको जिम्मामा ‘कर्मा’ छ भने ‘पिताम्बर’लाई बोक्न प्रदीप खड्काको साथमा दयाहांग राई र सौगात मल्ल एकसाथ छन् ।

दुबै सिनेमामा ड्रामा, सस्पेन्स र एक्सनको मीश्रण छ । ‘कर्मा’ले वास्तविक घटानामा आधारित कथा पेस गर्ने जानकारी निर्देशक यसअघि निर्देशक चौधरीले बताइसकेका छन् । उनको यो भनाइले पनि नयाँ कथा भन्ने अनुमान गर्न सकिन्छ जसका कारण दर्शकका लागि यो सिनेमाले नयाँ कुरा दिनेछ । यस वर्ष नयाँ विषयवस्तुका कथा नै चलेको दृष्टान्त रहेकाले कर्माका लागि यो एउटा प्लस पोइन्ट हुनेछ । अर्को तर्फ चरित्रलाई टिप्न र खिप्न सक्ने विपिन कार्की यसमा हुनु एउटा अर्को प्लस पोइन्ट हो । उनी कथा एक्लै बोक्न सक्छन् नै, त्यो भन्दा बढि दर्शकका लागि उनको एक्सन अवतार नविन हुनेछ । यसकारण ‘कर्मा’ बलियो गरी आउनेमा दुई मत छैन।

यसैगरी अर्कोतर्फ प्रदिप, दया र सौगात जस्ता स्टारपावरको साथमा कुशल अभिनयका लागि चिनिएका प्रमोद अग्रहरि, दिव्यदेब, अनुप विक्रम शाही, सुरक्षा पन्त आदिको लाइनअपलाई सशक्त मान्नुपर्छ । ट्रेलर टिजरले यो चलचित्रको क्याभास ठूलो रहेको देखाइसकेको छ । चलचित्रमा लार्जर देन लाइफको प्रस्तुति आफैमा एउटा ‘स्ट्रेन्थ’ हो । यसले गर्दा लार्जर देन लाइफ चलचित्र खोज्ने जमात राम्रै भएकाले यसले पनि ठूलो मात्रमा आकर्षण जगाइरहेको छ ।

दुबै यी सिनेमाका गुणहरुका कारण दर्शकका लागि यी फिल्म प्रतिक्षित छन् ।

तर यसको साथमा यी दुबै चलचित्रले समान चुनौतीको सामाना गर्नुपर्नेछ ।

पछिल्लो समय व्यवसायिक भनिएका नेपाली सिनेमामा कथ्य शैली भनौ वा कथाको दृश्यवाचन शैलीका नविनता देखिएको छैन्। यी दुबै चलचित्रले यो चिर्नुपर्ने चुनौती छ । व्यवसायिक चलचित्रको फर्मूलामा पृथक कथ्य शैली वा स्टाइल पेस गर्नुपर्ने चुनौती यी दुबै चलचित्रलाई छ । यसमा पास भएमा यी चलचित्रले आफ्नो कन्टेन्टमा जसले आफूलाई अब्बल देखाउँला त्यही चलचित्र अगाडि आउने देखिन्छ ।

त्यसैले संग्रमा दुबै चलचित्र कोभन्दा को बलियो बनेर एकअर्काका लागि उस्तै प्रतिस्पर्धी बनिरहेको अवस्था छ । त्यसैले कसले दर्शक तान्छ भन्ने कुरा चैत २९ को रिलिजपछि मात्र थाहा हुनेछ । त्यसैले प्रतिक्षा गरौं र हेरौं, कसले तान्ला दर्शक ?