चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यो गीतमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ ।

गीतमा आनन्द अधिकारीको शब्द, दीपक शर्माको संगीत र शाहिमा श्रेष्ठको स्वर रहेको छ ।

गीतको भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ । भिडियोमा अभिनेता सुनील पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ ।

वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्रले अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गर्नेछ ।

निर्देशन यादव कुमार भट्टराईले गरेका छन् ।