जन्मदिनमा फ्यानहरूलाई अल्लु अर्जुनको उपहार, एटलीसँग मिलेर घोषणा गरे नयाँ साइ-फाइ एक्सन सिनेमा

काठमाडौं । दक्षिण भारतका चर्चित ‘पान इन्डिया’ स्टार अल्लु अर्जुनले आज आफ्नो ४३ औं जन्मदिनको अवसर पारेर फ्यानहरूलाई एक विशेष उपहार दिएका छन् ।

जन्मदिनमा अभिनेता अल्लु अर्जुनको नयाँ सिनेमाको घोषणा गरिएको हो । जसलाई एट्ली कुमारले निर्देशन गर्ने भएका छन् । लामो समयदेखि चर्चामा यो चलचित्रको विशेष अवसरमा निर्माताहरूले आधिकारिक रूपमा घोषणा गरेका हुन् ।

प्रोडक्सन हाउस सन पिक्चर्सले सामाजिक सञ्जाल एक्समा भिडियो सेयर गरेर यसबारे जानकारी गराएको छ । मंगलबार घोषणा गरिएको यस चलचित्रको नाम ‘एए२२-ए६’ राखिएको छ ।

अल्लु अर्जुनले दक्षिण निर्देशक एटलीसँग घोषणा भएको यो नयाँ सिनेमालाई ‘पहिले कहिल्यै नदेखिएको’ साइ-फाइ एक्सनरको रूपमा प्रचार गरिएको छ ।

यो अभिनेता अल्लु अर्जुनको २२ औं र एटलीको छैटौं चलचित्र हो, त्यसैले निर्माताहरूले ‘एए२२-ए६’ ह्यासट्याग पनि सेयर गरे । उनीहरूका अनुसार यो एक ‘ऐतिहासिक सिनेमाई घटना’ बन्नेछ ।

सन पिक्चर्सले सार्वजनिक गरेको भिडियोमा, ‘एउटा ऐतिहासिक सिनेमाई कार्यक्रमको लागि तयार हुनुहोस् ।’ ‘एए२२-ए६’ सन पिक्चर्सको एक अद्भुत उत्कृष्ट कृति ।’

उक्त भिडियोमा, ‘स्टाइलिश स्टार’ अल्लु अर्जुन चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालय तर्फ जाँदै गरेको देखिन्छ जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन् । तीन जनाले सिनेमाको बारेमा छलफल गर्दै र आधिकारिक रूपमा ताला लगाउँदै गरेको देखिन्छ ।

भिडियोमा लस एन्जलसको भिएफएक्स स्टुडियोमा अल्लु अर्जुन र निर्देशक एटलीको भ्रमण पनि देखाइएको छ, जहाँ उनी हलिउडका धेरै प्रसिद्ध प्राविधिक विज्ञहरूको सहयोगमा स्क्रिप्टमा काम गर्छन् । यसमा स्पाइडर-म्यान: होमकमिङ, क्याप्टेन अमेरिका: सिभिल वार, र एभेन्जर्स: एज अफ अल्ट्रोनमा आफ्नो कामका लागि परिचित आइरनहेड स्टुडियोका सीईओ र कला निर्देशक जोस फर्नान्डेज र जीआई जो: रिटेलिएशन र आइरन म्यान २ जस्ता चलचित्रहरूमा काम गरिसकेका भिएफएक्स सुपरभाइजर जेम्स म्याडिगन समावेश छन्। धेरै अन्य शीर्ष हलिउड प्राविधिकहरूले पनि यस परियोजनामा ​​सहकार्य गरिरहेको देखिन्छ।

चलचित्रका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै एटलीले भने, ‘यो त्यही फिल्म हो, जुन म वर्षौंदेखि बनाउने सपना देखिरहेको थिएँ । पटकथामा म पुरै समर्पित थिएँ र अब यसलाई अल्लु अर्जुन सरजस्तो आइकनसँग बनाउनु, त्यो सपना पूरा भएको जस्तो हो ।’

‘अब सन पिक्चर्समा कलानिधि मारन सरको दूरदर्शी नेतृत्वमा आइकन स्टार अल्लु अर्जुन सरसँग यसलाई जीवन्त बनाउनु सपना साकार हुनुभन्दा कम होइन । यो फिल्म मूल रूपमा विशाल छ र यसको कथा जादुई छ, जुन सबै दर्शकहरूलाई प्रभावित पार्न र मनोरञ्जन दिन डिजाइन गरिएको हो,’ निर्देशक एटलीले फिल्मप्रति आफ्नो भावना व्यक्त गर्दै भनेका छन् ।

चलचित्रको रिलिज मिति र अन्य कलाकारहरूको विस्तृत जानकारी भने अहिलेसम्म खुलाइएको छैन । तर, यो सिनेमा घोषणा पछि अल्लु अर्जुनका फ्यानहरूमा ठूलो उत्साह देखिएको छ ।