‘कर्मा’ र ‘पिताम्बर’को प्रि–बुकिङ खुला, कसले कति शो पाए ?

काठमाडौं । चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ यही चैत २९ गतेबाट रिलिज हुँदैछन् । दुवै चलचित्र एक्सन जनरामा छन् । ‘कर्मा’ भने एक्सन ड्रामा पनि हो ।

यी दुवै चलचित्रको प्रि–बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनका काठमाडौैं उपत्यकाका आउटलेटमा ‘पिताम्बर’ले २७ शो पाएको छ । ‘कर्मा’ले १९ शो पाएको छ ।

काठमाडौं बाहिर पनि यही अनुपातमा यी चलचित्रले शो पाएका छन् । केही मल्टिप्लेक्सले शो खुलाउन बाँकी छ । केहीले खुलाइसकेका छन् । करिब क्यूएफएक्सकै अनुपातमा शो बाँडफाँट भएको छ ।

चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

‘पिताम्बर’लाई निर्देशक कृषा चौलागाईंले निर्देशान गरेकी छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।