फ्राइडे रिलिजमा एक्सन सिनेमा ‘कर्मा’ र ‘पिताम्बर’

काठमाडौं । फ्राइडे रिलिजमा आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । एक्सन जनराका चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ आजबाट एकसाथ रिलिज भएका हुन् ।

चलचित्र ‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘पिताम्बर’लाई कृषा चौलागाईंले निदेर्शन गरेकी छन् । यी चलचित्रको अग्रिम बुकिङ राम्रो देखिएको छैन ।

चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक सौरभ चौधरी आफैँले लेखेका छन् ।

‘पिताम्बर’लाई निर्देशक कृषा चौलागाईंले निर्देशन गरेकी छन् । यो चलचित्र केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायतको अभिनय छ ।