‘अमिगोस’मार्फत कमव्याक गर्दै ‘समर लभ’ हिरो आशिष

काठमाडौं । अभिनेता आशिष पिया नयाँ नेपाली चलचित्र ‘अमिगोस’मार्फत पाँच वर्षपछि रजतपटमा कमब्याक गर्ने भएका छन् ।
सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित चलचित्र ‘समर लभ’ बाट डेब्यु गरेका पिया अब नयाँ लभस्टोरी सिनेमामा देखिन लागेका हुन् ।
यो सिनेमाको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।
बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा ‘अमिगोस’लाई विकास आचार्यले निर्माण गर्नेछन् । उनले पहिलो पटक सिनेमा निर्माणमा हात हालेका हुन् ।
उनले अभिनय गर्ने लभस्टोरी सिनेमा ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । सुरेन्द्र रावल सह–निर्माता रहेको सिनेमाको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।
हाल सिनेमाका लागि २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ । केही दिनमा मुख्य भूमिकामा काम गर्ने आशिष वाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।
नेपाली सिने क्षेत्रमा पुनः सक्रिय हुँदै गरेका आशिषका लागि ‘अमिगोस’ महत्वपूर्ण मोड सावित हुने विश्वास गरिएको छ ।