आइफोनले खिचिएको चलचित्रका निर्देशक बुसान फिल्म् स्कुल छात्रबृतिमा छनोट

काठमाडौं । विश्वकै प्रख्यात चलचित्र विद्यालय बुसान एसियन फिल्म स्कुलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन् ।
बुसान फिल्म स्कुलले एसियाली मुलुकबाट १८ युवा चलचित्रकर्मीलाई छात्रवृत्तिमा छान्ने गर्छ । यी छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन् । हालै नेपालमा पहिलो पटक आएफोनद्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन् ।
उनी बुसान एसियन फिल्म स्कुलमा ८ महिना बसेर अन्तर्रास्ट्रिय निर्माताहरुसँग मिलेर आफ्नो दोस्रो चलचित्रको तयारी गर्नेछन् ।
चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसानमै गरिनेछ भने चलचित्रको छायांकन आउँदो वर्ष नेपालमा गरिनेछ ।