दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ युट्युबमा रिलिज

काठमाडौँ । दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको चलचित्र ‘घरज्वाइँ’ युट्युबमा रिलिज भएको छ । नयाँ वर्षको अवसर पारेर आज यो चलचित्र युट्युबमा रिलिज गरिएको हो ।

अनिल बुढामगरको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र मिरुना मगर, बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतको अभिनय छ ।

जनक घर्ती मगर निर्माता रहेको चलचित्रमा कथा निर्देशक मगर स्वयंको हो । हलमा राम्रो कमाइ गरेको चलचित्र हो यो ।