चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ ।

“हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।”

‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’लाई सुदीप बरालले छायांकन गरेका हुन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।