५ करोड ३६ लाखमा इनडोर स्टुडियो निर्माणको ठेक्का सम्झौता

काठमाडौं । सरकारले चलचित्र छायांकनका लागि इनडोर स्टुडियो निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
इनडोर स्टुडियो निर्माणका लागि यूएन्डएस/एनएस/रेग्मी जेभी माझि फेडा काभ्रे कम्पनीले ठेक्का पाएको छ ।
५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।
काभ्रेको बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा इनडोर स्टुटियो निर्माण हुनेछ ।
बोर्डले २०८१ माघ २७ गते बोलपत्र आह्वान गरेको थियो । न्यूनतम मूल्यांकनका आधारमा ठेकदार कम्पनी छनोट गरिएको बोर्डले जनाएको छ ।