यस्तो छ ‘मोहर’मा पलको गेटअप

काठमाडौं । पल शाहको यो वर्षको पहिलो चलचित्रका रुपमा पहिलो चलचित्र ‘मोहर’ रिलिज हुँदैछ । यो चलचित्र साउनको २३ गतेबाट रिलिज हुनेछ ।

चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । निर्माता चुम्बन जंग शाही हुन् ।

चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।

निर्माणपक्षले फिल्मका मुख्य नायक पल शाहको केही तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।