अनुराग कश्यपले किन मागे माफी, उनको परिवारलाई के आयो धम्की ?

काठमाडौं । बलिउड फिल्म निर्देशक अनुराग कश्यपले माफी मागेका छन् । चलचित्र ‘फुले’को रिलिजमा भएको ढिलाइमाथि प्रश्न उठाएपछि उनले माफी मागेका हुन् ।
उनले आफ्नो एउटा भनाइको लागि माफी मागेका छन्, तर आफ्नो भनाइ फिर्ता नलिने पनि प्रष्ट शब्दमा भनेका छन् ।
अनुराग कश्यपले इन्स्टाग्राममा एक पोस्टमा भने, “मलाई माफ गर्नुहोस्, तर मैले गरेको पोस्टको लागि होइन, त्यो एउटा लाइनको लागि जुन सन्दर्भबाट बाहिर निकालिएको छ र घृणा फैलाउन प्रयोग भइरहेको छ ।”
उनले आफ्नी छोरी, परिवार, साथीभाइ र सहकर्मीहरूले पाइरहेका बलात्कार र ज्यान मार्ने धम्कीभन्दा ठूलो आफ्नो भनाइ नरहेको बताएका छन् ।
अनुरागले जति सुकै गाली गरे पनि आफूले आफ्नो भनाइ फिर्ता लिन नसक्ने बताएका छन् । उनी लेख्छन्, “न त म फिर्ता लिनेछु, तर तिमी मलाई जति चाहन्छौ गाली गर्न सक्छौ ।”
उनले आफ्नो परिवारले केही नभनेको भन्दै भने, “मेरो परिवारले केही भनेको छ्रैन । त्यसैले यदि, तपाईं मबाट माफी चाहनुहुन्छ भने यो मेरो माफी हो । महिलाहरूलाई माफ गर्नुहोस्, यस्ता मूल्यहरू शास्त्रहरूमा पनि छन्, मनुवादमा मात्र होइन । तपाईं कस्तो प्रकारको ब्राह्मण हुनुहुन्छ निर्णय गर्नुहोस्, बाँकी मेरो माफी हो ।”
समाज सुधारक ज्योतिबा फुले र उनकी श्रीमती सावित्रीबाई फुलेको जीवनमा आधारित चलचित्रको रिलिजमा भएको ढिलाइ भइरहेको विवादमा अनुराग कश्यपले केही समयअगाडि आफ्नो भनाइ राखेका थिए ।