‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अडिसन सम्पन्न

काठमाडौं । एसईई दिएर बसेका किशोरीहरुलाई मध्यनजर गर्दै आयोजना हुन लागेको ‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको पहिलो अडिसन इटहरीमा सम्पन्न भएको छ ।
पहिलो अडिसनमा इटहरी र आसपासका २० जना किशोरीहरुको सहभागिता रहेको आयोजक संस्था ओपन स्पेस मिडिया प्रालिका संचालक तथा यो प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले बताए ।
इटहरीमा अवस्थित फुडसाला क्याफेमा आयोजना गरिएको पहिलो अडिसको निर्णायकहरुमा मनिष गिरी, जेनिशा राई, शुभेक्षा कार्की र प्रियंका थापा रहेका थिए । यो प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यही वैशाखको तेस्रो हप्तामा गरिने निर्देशक श्रेष्ठ बताउँछन् ।
यो सौन्दर्य मात्र नभई बौद्धिक प्रतिभा प्रष्फुटन गर्ने प्रतियोगिता भएको उनले बताए । यसअघि यो प्रतियोगिताको चारवटा संस्करण सम्पन्न भइसकेका छन् ।