जितु उत्कृष्ट अभिनेता, केकी उत्कृष्ट अभिनेत्री

काठमाडौं। अभिनेता जितु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जितुले ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

गोसाइकुण्ड गाउपालिका, रसुवामा वैशाख ४ बिहीबारबाट सुरु भएर शनिबार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गरे ।

बेस्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर फिल्म आप्लेगा नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट पाए । बेष्ट सर्ट फिल्म ‘म कमरेड’बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म अन्जीला’बाट प्रेम श्रेष्ठले अवार्ड जिते ।

बेष्ट सम्पादक भरत रेग्मी फिल्म ‘पूजार सार्की’, बेष्ट छायांकन शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स अन्जीला’, जुरी मेन्सन अवार्ड ऋषिराजा आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक बसन्त निरौला फिल्म ‘ज्वाई साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।