धमाधम आमा बन्दै ४० नकटेका हिरोइनहरू

काठमाडौं । नेपाली चलचित्र उद्योगमा केही नयाँ संस्कार देखिन थालेको छ । मुख्य भूमिकामा नै अफर आइरहेका र उमेरका हिसाबले पनि योङ एन्ड एनरजेटिक नायिकाहरू क्यारेक्टर आर्टिस्टका रूपमा देखिन थालेका छन् ।

करिब करिब अप्रत्यासित रूपमा ४० वर्षभन्दा कम उमेरमै नायिकाहरू धमाधम आमाको रोलमा काम गर्न थालेका छन् । सामान्यतया आमाको रोलमा एकपटक काम गरेपछि पुनः त्यस्तै क्यारेक्टरका लागि मात्रै अफर आउँछ र नयाँ हिरोइनहरूले रिप्लेस गर्छन् भन्ने नेपाली चलचित्र उद्योगमा मान्यता छ ।

त्यसैले सकेसम्म आमा निकै धेरै भइसक्दा पनि आमाको भूमिकामा काम गर्न नायिकाहरू हिचकिताउँछन् । तर, पछिल्लो समय नायिकाहरूमा ठूलो परिवर्तन देखिन थालेको छ ।

पछिल्लो समय ऋचा शर्मा, प्रियंका कार्की, सुरक्षा पन्तलगायत नायिकाहरू आमाको भूमिकामा देखिएका छन् । अहिले हलमा लागिरहेको चलचित्र ‘पिताम्बर’मा सुरक्षा आमाको भूमिकामा छिन् ।

चलचित्र ‘सारङ्ग’ र ‘राजागंज’मा ऋचा शर्मा आमाको भूमिकामा थिइन् । प्रियंका कार्की चलचित्र ‘ममी’का आमा भूमिकामा थिइन् । तर, ‘सारङ्ग’ र ‘ममी’मा भने आमाको भूमिकामा भए पनि ऋचा र प्रियंका मुख्य भूमिकामा थिए ।

नायिका ऋचा शर्मा कलाकारका लागि कुन भूमिकाभन्दा पनि आफूले पोट्रे गरेको क्यारेक्टर कति पावरफुल छ त्यसले अर्थ राख्ने बताउँछिन् । त्यसैले अर्थपूर्ण सिन भए आफू एक सिन मात्रै भए पनि काम गर्ने बताउँछिन् ।

स्क्रिन टाइम धेरै हुँदैमा राम्रो र थोरै स्क्रिनटाइम हुँदैमा नराम्रो भन्ने भ्रममा आफू कहिल्यै पनि नरहेको उनले प्रष्ट पारेकी छन् । चलचित्रमा लामो छोटो र मुख्य साहयकभन्दा पनि उसको भूमिका कस्तो छ त्यसको मूल्यांकन हुने उनको तर्क छ ।