सकियो ‘माग्ने राजा’ को छायांकन

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेका चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । निर्धारित समयभन्दा दुइ दिन अगाडि छायांकन सकिएको हो ।

ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रको छायांकन ४३ दिनमा सकिएको हो ।

मुनाल घिमिरे निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।

चलचित्रमा केदार घिमिरेसँगै आर्यन सिग्देल, विल्सनविक्रम राई, वर्षा सिवाकोटी, शिशिर वांगदेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्र तिजको अवसरमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । चलचित्रको कथा सामिप्यराज तिमलसेनाले लेखेका छन् ।