भुगोलको ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

काठमाडौं । चलसचत्र ‘सिटामोल’ निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।

गीतकार हरिभत्तm बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भीम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् ।

गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् । सिटामोल आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।