नेपालको सबैभन्दा महँगो सिनेमा, कति थियो बजेट ?

मीन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ नेपालको हालसम्मकै मंहगो चलचित्र हो । निर्देशक मीनका अनुसार यो चलचित्र निर्माणका लागि करिब १५ करोड रुपैयाँ बजेट खर्च भएको थियो ।
हिमाली भेगको छायांकन, कथामा भएको पर्याप्त रिसर्च तथा पोस्ट प्रोडक्सनको काम नेपाल बाहिर भएकाले यसको बजेट धेरै लागेको थियो ।
चलचित्र ‘शाम्बाला’ नेपालमा विसं. २०८१ भदौ २८ गते रिलिज भएको थियो ।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म थियो ।
‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको थियो । पियाजा ग्राण्डे विधामा चलचित्र छनोट भएको हो । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भएको थियो ।
‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हा, कर्मालगायतको मुख्य भूमिकामा थिए ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथामा यो चलचित्रले बनेको थियो ।
चलचित्रको कथा मीन भाम र अविनाशविक्रम शाहले लेखेका थिए ।
यो चलचित्रले नेपाली बक्सअफिसमा २ करोड १२ लाख २२ हजार ३५१ लाइफ टाइम ग्रसकलेक्सन गरेको थियो ।