‘जार’मार्फत चरित्र अभिनयमा अनुप विक्रमको डेब्यु, कति च्यालेन्जिङ थियो ?

काठमाडौं । अनुप विक्रम शाही पहिलोपटक चलचित्र ‘जार’मार्फत चरित्र अभिनेताका रूपमा देखिँदै छन् । हालसम्म कमर्सियल चलचित्रमा एक्सन भूमिकामा देखिँदै आएका अनुप विक्रमले पहिलोपटक ‘जार’मार्फत चरित्र अभिनयमा डेब्यु गरेका हुन् ।

कामका हिसाबले उनी आफ्नै लागि पनि यो सिनेमा नयाँ हो । ‘जार’ अनुप विक्रम जति नयाँ अनुभव संगालिरहेका थिए, त्यति नै चुनौती पनि फेस गरिरहेका थिए ।

“मलाई दर्शकले यसभन्दा अगाडि कर्मसियस सिनेमामा काम गरेको देखिरहनु भएको थियो । त्यसैले यो च्यालेन्जिङ पनि थियो । पात्र पनि हेभी छ,” अनुप विक्रम भन्छन्, “नेपाली समाजमा घटेको घटनालाई टिपेर लेखिएको कथामा बनेको सिनेमा भएकाले यसमा चुनौती थियो । चुनौतीअनुसार मेहनत पनि गरेको छु ।”

कल्चर, भाषा, कष्ट्युम, लवज र पिरयोडिकल सिनेमा भएकाले पनि कठिन भएको उनको भनाइ छ । यद्यपि, समय लिएर काम गरेको उनले बताए ।

सिंक साउन्ड भएकाले पनि सटेमा काम चुनौतीपूर्ण भएको भनाइ छ । सेटमा ठूलो संख्यामा स्थानीय हुँदा सिंकसाउन्ड भएकाले पटकपटक साउन्ड कै कारण टेक लिनु परेको उनले सुनाए ।

अनुप विक्रम एन्टागोनिष्ट हुँदा ‘जार’मा सौगा प्रोटागोनिस्टको क्यारेक्टरमा छन् । सौगात आफैँमा कुशल क्यारेक्टर आर्टिस्ट हुन्, त्यसैले उनकै अनुपातमा पफर्मेन्स हरेक फ्रेमले माग्छ । अर्थात् सौगातकै हाराहारीमा अभिनय अनुप विक्रमले गर्नुपर्छ ।

यसमा सौगातकै कारण आफूलाई सहज भएको अनुप विक्रमको अनुभव छ । सौगातसँग सिक्ने मौका पाएको उनको भनाइ छ ।

“उहासँगै काम गर्दा मलाई जति चुनौती थियो त्यति नै सहज पनि थियो । मैले सँगै काम गर्दा उहाँबाट सिक्ने मौका पाएँ । कति कुरा यो कसरी गर्ने भनेर सोध्थेँ पनि,” अनुप विक्रम भन्छन्, “सौगात दाइसँग काम गर्दा सुनमा सुगन्ध भइदियो । काम गर्न नै सहज भयो ।”

यसअघि धेरै चलचित्रमा सँगै काम गरेकाले एकले अर्कालाई बुझेकाले पनि सहज भएको अनुप विक्रमले बताए । निर्देशकले निचोरेर अभिनय निकालेको उनले स्मरण गरे ।

सुरुमा ‘जार’का लागि अफर आउँदा गर्न सक्छु कि सक्दिन, गरौँ कि नगरौँ भनेर कन्फ्युजन भएको उनले सुनाए ।

“तर, निर्देशकले जारको हर्षजित तिमै नै हो, तिमीले नै गर्नुपर्छ भनेपछि मैले पनि आँट गरेँ,” उनी भन्छन्, “म यस्तो पनि हुन सक्ने रहेछु भनेर मलाई विश्वास लागेको थिएन । तर, निर्देशकले म बाट काम निकाल्दिनुभयो । आत्मविश्वास दिलाइदिनुभयो ।”

चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वा छिरिङ लामाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।