‘महाराजधिराज’मा आर्यन अनुबन्ध, बलियो बन्दै लाइनअप

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायक आर्यन सिक्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएका निर्माणपक्षले जनाएको छ ।
यसअघि ‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए ।
आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।
यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । सिनेमा ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।
चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।