‘दान्भी’ निर्देशकको चलचित्रमा पूजा फाइनल, के भन्छिन् पूजा ?

काठमाडौं । नायिका पूजा शर्मा नयाँ चलचित्रमा फाइनल भएकी छन् । गतवर्ष रिलिजमा आएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङको चलचित्रमा पूजा फाइनल भएकी हुन् ।
रुपेश यसपटक मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारीमा छन् ।
यसैक्रममा यो चलचित्रमा नायिका पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुवन्धित गरेका हुन् ।
“मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोसिस गर्नेछु,” रुपेशले भने ।
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुसी व्यक्त गरिन् । उनले
उनले भनिन्, “दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।”
निर्देशक रुपेशका अनुसार, यसपटक कलाकारहरु सरप्राइज हुनेछन् । चलचित्रको नाम तय गरिएको छैन ।
केही दिनमै चलचित्रको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए ।
चलचित्रलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।