रजनीकान्त बने एसियाकै सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार

काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक ठूला पर्दामा धमाकेदार रूपमा फर्कंदैछन् । ‘जेलर’ र ‘वेट्टायन’ पछि अब उनी लोकेश कनागराजद्वारा निर्देशित बहुप्रतिक्षित फिल्म ‘कुली’ मा मुख्य भूमिकामा देखिने भएका छन् ।
७४ वर्षको उमेरमा पनि रजनीकान्तको स्टारडममा कुनै कमी देखिएको छैन । दशकमौंदेखि बलिउडदेखि दक्षिण भारतीय फिल्म उद्योगसम्म राज गरिरहेका उनले यो फिल्मबाट इतिहास रच्दै छन् । ‘कुली’ मा रजनीकान्तले २६० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । उनले यसबाहेक केही नाफाको हिस्सा पनि पाउने छन् । यो चलचित्रको बजेट ४०० करोड रहेको छ ।
सन् २०१० मा ‘रोबोट’ फिल्मपछि उनी पहिलो पटक महँगो पारिश्रमिक लिने अभिनेताको सूचीमा परेका थिए, तर त्यसपछि आमिर खानले त्यो स्थान ओगटेका थिए । अब पुनः रजनीकान्तले आमिर खान र यहाँसम्म कि ज्याकी चेनलाई समेत पछाडि पारेका छन् ।
‘कुली’ फिल्मको कुल बजेट ४०० करोड भारु रहेको छ, जसमा रजनीकान्तको पारिश्रमिक मात्रै आधाभन्दा बढी छ। निर्माता कलानिधि मारन द्वारा निर्माण भइरहेको यस फिल्ममा रजनीकान्तले नाफाको केही हिस्सा पनि प्राप्त गर्नेछन्।
फिल्ममा अन्य चर्चित कलाकारहरूको पनि उपस्थित रहेको छ । निर्देशक लोकेश कनागराज ले ६० करोड पारिश्रमिक लिएका छन् भने दक्षिण भारतीय सुपरस्टार नागार्जुन ले ३५ करोड लिएका छन् । त्यस्तै, आमिर खान पनि फिल्ममा क्यामियो भूमिकामा देखिनेछन् र केही मिनेटको उपस्थिति साटो उनले २५–३० करोड पारिश्रमिक पाएका छन् ।
श्रुति हसन, सत्यराज र उपेन्द्र राव जस्ता कलाकारहरूलाई भने बजार दरअनुसारको पारिश्रमिक दिइएको बताइएको छ ।
फिल्म ‘कुली’ आगामी १४ अगस्ट २०२५ मा सिनेमाघरमा प्रदर्शनमा आउनेछ। हालै सार्वजनिक गरिएको टिजरले नै फिल्मप्रतिको उत्साह चुलिएको छ, र यसले ब्लकबस्टर हुने संकेत पनि देखिएको छ ।