‘रिमै’को तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बनेको सिनेमाको निर्माणपक्षले सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रका सार्वजनिक तीनवटा पोस्टरमध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङ देखिएका छन् भने अर्को पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङ पनि प्रस्तुत छिन् ।

यो चलचित्र मार्फत् ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैया’ बनेकी रिस्मा र दयाहाङ लामो समयको अन्तरालपछि देखिने भएकी छन् ।

यस्तै सार्वजनिक पोस्टरमध्ये एकमा दयाहाङ, रिस्मा र गौमायासहित अन्य प्रमुख कलाकारहरुलाई सामूहिकरुपमा समावेश गरिएको छ । पोस्टरमा देखिएका पोशाक, पहिचान र प्रस्तुतिले गुरुङ समुदायको संस्कृति र परिवेश झल्किने संकेत मिल्छ ।

रिमै सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रा.लि. को प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्ट को सहकार्यमा निर्माण गरिएको हो ।

उपेन्द्र सुब्बाको लेखन रहेको यस चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

शैलेन्द्र ध्वज कार्की छायाकार रहेको चलचित्रको छायांकन गोरखा जिल्लाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजार क्षेत्रमा गरिएको हो ।

वीरबल घले कार्यकारी निर्माता रहेको यस चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता रहेका छन् ।

दीपक शर्मा र थानेश्वर गौतमको संगीत यस चलचित्रमा मित्र डि गुरुङको सम्पादन, यस्तै सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर रहेका छन् ।

यो चलचित्र आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।