‘कोड मन्त्र’को ब्रान्ड एम्बासडरमा ऋचा घिमिरे नियुक्त

काठमाडाैं । अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । याेसँगै घिमिरे अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार बनेकी छन् ।
नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवर्द्धन गरिरहेका भए पनि अमेरिकामा बसेर अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता कसैले गरेका थिएनन् ।
कोड मन्त्रले कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई सक्षम बनाउने उद्देश्य लिएको छ ।
प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनीलाई ब्रान्ड एम्बासडर बनाइएको कम्पनीले बताएको छ ।
कोड मन्त्रका सीईओ भुवन रिजाल, सीटीओ सुजान रिजाल र प्रोडक सलाहकार सलोम भट्टले यसै सात एक कार्यक्रमका बीच ऋचालाई अनुबन्धित गराएका हुन् ।
ऋचाले भनेकी छन्, ‘यो केवल एउटा ब्रान्ड साझेदारी होइन, हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं । यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन् ।’