चलचित्र ‘पीआर’को छायांकन २८ दिनमै सकियाे

काठमाडौं । निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको सकिएकाे छ । सुटिङ थालेको २८ दिनमै छायांकन सकिएकाे निर्माण टिम जनाएकाे छ । निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिन गरी सिनेमाको छायांकन सकिएको बताए ।
उनले अष्ट्रेलियापछि दोस्रो सेड्यूलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए । निर्देशक बस्नेतका अनुसार सिनेमाको छायांकन कथाले मागे अनुसार नै अष्ट्रेलिया र नेपालमा गरिएकाे हाे ।
‘मैले कथा अनुसार नै पीआरको छायांकन सकेकाे छु,’ ’उनले भने, ‘कलाकारहरुले एकदमै राम्रो काम गर्नुभएको छ । त्यसैले यो सिनेमा एकदमै राम्रो बनेको छ । यसमा म ढुक्क छु ।’
सिनेमाको छायांकन सकेपछि निकै उत्साहित देखिएका निर्देशक बस्नेतले आफ्नो यो सिनेमालाई दर्शकले माया गर्नेमा शंका नभएको दाबी गरे ।
सलोन सलिना फिल्मसकाे व्यानरमा छायांकन भएको याे सिनेमाले विदेशमा रहेका नेपालीहरुले पीआरका लागि गरेको संघर्षकाे कथा भन्ने छ ।
रन्जित शाह आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतीमा निर्माण भएको यस सिनेमामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहले लगानी गरेका छन् । सिनेमामा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।
त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ ।