यस्तो छ यम बराल र दिपाश्री निरौलाको ‘राम प्यारी’

काठमाडौं । गायक यम बरालको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक गरिएको छ ।
यम्मी इन्टरटेनमेन्ट र ई-ग्लोबलको संयुक्त प्रस्तुति रहेको यस भिडियोमा गायक बराल स्वयं र अभिनेत्री दिपाश्री निरौला देखिएका छन् ।
प्रेम लामाको निर्देशनमा तयार भएको भिडियोमा प्रेमकथा र मनोरञ्जनको सन्तुलित मिश्रण प्रस्तुत गरिएको छ । गीतमा शब्द डिपी खनालले लेखेका हुन् भने सङ्गीत शङ्कर थापा ‘स्माइल’ले तयार पारेका छन् । सङ्गीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको आकर्षक शृङ्गार देख्न सकिन्छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने कोरियोग्राफी दिपेश एसकेको रहेको छ । गीताञ्जली शर्मा निर्माता रहेको यस भिडियोको छायाङ्कन पनि निर्देशक प्रेम लामाले नै गरेका हुन् ।