‘ऊनको स्वीटर’ले पहिलो साता कति गर्यो ग्रसकलेक्सन ?

काठमाडौं । हाल प्रदर्शन भइरहेको चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै आएको छ ।

सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोहसहित प्रदर्शनमा रहेको यो चलचित्र आजबाट दोस्रो हप्ता प्रवेश गरेको छ ।

दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब दुई सय शो सहित ‘ऊनको स्वीटर’ले प्रदर्शन आरम्भ गरेको छ ।

चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ ।