चलचित्र ‘चिसो मान्छे’ युट्युबमा रिलिज

काठमाडौं । चलचित्र ‘चिसो मान्छे’ युट्युबमा रिलिज भएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ शुक्रबार युट्युबमा रिलिज गरिएको हो ।
खनालको निर्देशन रहेको चलचित्र ‘के घर के डेरा ः घर नं २’ हलमा रिलिज भएकै दिन ‘चिसो मान्छे’ पनि युट्युबमा रिलिज भएको हो ।
चलचित्र ‘चिसो मान्छे’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् । कोभिडको समयमा कोभिड संक्रमणको त्रासले मान्छेले गुमाएको मानवीयतामा यो सिनेमाको कथा केन्द्रित छ ।
‘चिसो मान्छे’को मुख्य भूमिकामा स्वस्तिमा खड्का र अर्पण थापा छन् ।
यो सिनेमा २०७९ असार ३ गते हलमा रिलिज भएको थियो । चलचित्रले मिश्रीत समीक्षा पाएको थियो ।