तारक मेहताका मोदी भन्छन्- आराेप लगाउने स्टारहरुलाई माफ गरिदिएँ

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘तारक मेहता का उल्टा चश्मा’ लगभग १७ वर्षदेखि लोकप्रिय छ । तर, यस अवधिमा सिरियलका निर्माता असित कुमार मोदीले प्रशंसासँगै आलोचना पनि खेप्नु परेको छ ।

अहिले धेरै कलाकारहरूले कार्यक्रम छोडेका छन् । साथै, धेरै कलाकारहरूले निर्माताहरूमाथि यौन र मानसिक उत्पीडनको आरोप पनि लगाएका छन् ।

तर यस विषयमा पहिलो पटक प्राेड्युसर असित मोदीले सिरियलसँग सम्बन्धित विवादहरूमा आफ्नो मौनता तोडेका छन् ।

अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसको मनोरञ्जन पत्रिका ‘स्क्रिन’लाई दिएको अन्तर्वार्तामा असित मोदीले तारक मेहता का उल्टा चश्मामा काम गरेका स्टारहरूले लगाएका आरोपहरूप्रति आफूलाई नराम्रो लागेको तर उनले ती सबैलाई माफ गरिदिएको बताएका छन् ।

तारक मेहताका उल्टा चश्मा सन् २००८ देखि प्रसारण हुँदै आएको छ । हालसम्म ४ हजार ३७० भन्दा बढी एपिसोडहरू प्रसारण भइसकेका छन् ।