नोरा फतेही नेपालमा

काठमाडाैं । बलिउड डान्सर नोरा फतेही नेपाल आएकी छन् । आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ को प्रस्तुतीका लागि उनी नेपाल आएकी हुन् ।

वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।