शान्तीश्री र गौरवको स्वरमा रहेको ‘लजाउने हैछौनी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वरमा रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो सार्वजनिक भएकाे छ ।

देउडा संकृतिमा आधारित गीत गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको छ ।

गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय रहेकाे छ । भिडियोमा मिस पविसँगै दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् ।

नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौनी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् ।