शनिबार काठमाडौं तताएकी नोरा आइतबार काठमाडौं घुम्दै

काठमाडौं । शनिबार साँझको काठमाडौं नोरा फतेहीका कारण गर्मायो । काठमाडौंको बौद्धस्थित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा नोरोको डान्समा तरुण पुस्ता झुम्यो ।

आफ्नो टिमसहित काठमाडौं आएकी चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोराले आफ्नो गीत ‘स्नेक’ मा प्रस्तुति दिँदा उनीसँगै झुमेको थियो युवा पुस्ता ।

उनको कार्यक्रमबारे थाहा पाएका नेपालीले उनको स्नेक गीतमा भिडियो बनाएर भिडियो मेन्सन गरेको भन्दै मख्ख परेकी उनले साँझ त्यसको पहिँचो तिरिन् । उनले आफ्नो प्रस्तुति दिँदा दर्शकले हुटिङ गरेर गज्जबको साथ दिएका थिए ।

शनिबार साँझ आफ्नो प्रस्तुति दिएकी उनी आइतबार काठमाडौं घुमघाममा व्यस्त हुनेछिन् ।

नोरा आइतबार बिहान काठमाडौंका विभिन्न सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपराह्न उनी दुबई फर्किनेछिन् ।

सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको थियो । ‘ह्युमन रेस्पेक्ट नेपाल’ शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था हो ।