विकल्प छ भने पाकिस्तानभन्दा नर्क जान्छु : जावेद अख्तर

काठमाडाैं । बलिउडका दिग्गज गीतकार तथा पटकथा लेखक जावेद अख्तरले पाकिस्तान जाने र जहन्नम (नर्क) मध्ये एक रोज्ने विकल्प छ भने, उनी नर्क जान रुचाउने बताएका छन् । एक पुस्तक विमोचन कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले भारत र पाकिस्तान दुवैबाट आफूले दुर्व्यवहारको सामना गरिरहेको पनि उल्लेख गरेका थिए । जावेद अख्तरले भनेका छन्, ‘मुम्बई कर्मभूमि हो जसले आज मलाई धेरै कुरा दिएको छ ।’
भारत/पाकिस्तान युद्धको समयमा जावेद अख्तरका बयानहरूको धेरै चर्चा भएको थियो । सामाजिक सञ्जालमा सक्रिय जावेद अख्तरले राजनीतिक र समसामयिक मुद्दाहरूमा खुलेर आफ्नो विचार व्यक्त गर्ने गरेका छन् । हिन्दुस्तानबाट